शुक्रबार, भदौ १९, २०८३

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ। जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो।

आज मुद्दाको किनारा लाग्ने अपेक्षा गरिएको छ। सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो। फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन।

२०७९ भदौमा लामिछानेविरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्।

प्रकाशित: Dec 24, 2023| 10:01 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्