शनिबार, पुस ५, २०८२

जुम्लाको सिञ्जामा १ करोड ७३ लाखको खानेपानी आयोजना

 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

जुम्ला- सिञ्जा गाउँपालिका पालिकाभित्रका सबै वडामा एक घर एक धारा निर्माणमा जुटेको छ। पालिकाको वडा नम्बर १ मा एक करोड ७३ लाख ८३ हजार रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

National life

वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ। गाउँपालिका अध्यक्ष धितालले भने, 'अब ठेक्काको काम सकिएपछि गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढ्ने भएको छ।' संघीय सरकारको विशेष अनुदानबाट सिञ्जाका सबै गाउँमा पाँच वर्षभित्र खानेपानी पुर्‍याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धितालले बताए।

यो आर्थिक वर्षको असारभित्र खानेपानी आयोजना निर्माण सम्पन्न हुने भएको छ। वडा नं ३ मा सुस्वा परियोजनाबाट एक घर एक धारा खानेपानी आयोजनाको कामसमेत अगाडि बढेको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ। क्रमशः अर्को वर्ष अरु वडामा समेत घर घरमै खानेपानी पुर्‍याइने भएको छ। उक्त खानेपानी आयोजनाबाट सिञ्जा-१ का करिब दुई सय घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए।

वडा नं १ मा निर्माण हुने आयोजनाबाट गाउँमा एक सय नौ खानेपानीका धारा निर्माण हुने गाउँपालिकाका इन्जिनियर राजकुमार भट्टले बताए। खानेपानीको सहज सुविधा पुर्‍याउने गरी खानेपानी आयोजना निर्माणको काम अबको केही सातापछि बोलपत्रको मूल्यांकनको काम सकिएपछि निर्माण आयोजनाको काम तीव्रगतिमा अगाडि बढ्ने गाउँपालिका इन्जिनियर भट्टको भनाइ छ।

नीति तथा कार्यक्रममा खानेपानीलाई विशेष प्रथामिकतामा राखेर गाउँपालिकाले काम गरेको गाउँपालिका सूचना अधिकारी मित्रलाल धितालले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2023| 21:02 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्