शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस महामन्त्री शर्माले भने - प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्छौं 

कांग्रेस महामन्त्री शर्माले भने - प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्छौं 

 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्‍न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।

National life

कांग्रेसको बागमती प्रदेशको पहिलो सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै शनिबार उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरू पूरा गर्न आग्रह गरे।

‘यदी स्थानीय तहलाई अधिकार चाँडो दिनेगरी निजामति सम्बन्धी, लोकसेवा सम्बन्धी, आर्थिक सम्बन्धी कानून, प्रहरी सम्बन्धी कानून यी सबै निर्माण गरेर अधिकार सम्पन्न बनाइन्न भने हामी सिंहदरबार घेर्छौं भन्नुभएको छ, आज प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली काँग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु, काँग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसहित उपस्थित हुनेछौँ,’ महामन्त्री शर्माले भने।

उनले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर काँग्रेसले सिंहदरबार घेर्ने बताए। प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याँई नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे।

‘सबै प्रदेश सम्मेलनमा जाँदा एउटा प्रधान कुरा के छ भने, त्यो गुनासो के छ भने प्रदेश बन्यो तर अधिकार दिइएन। मागेको के हो? युरिनियम निकालेर ल्याइदिएउ र हामीलाई देउ भनेर हामीलाई प्रदेशले मागेको हो? प्रधानमन्त्रीज्यू? होइन। हिरा मोतीको खानी मागेको हो? होइन, अन्तरिक्ष यान बनाएर हाम्रो हातमा देउ भनेको हो? होइन,’ उनले अघि भने, ‘अन्तरिक्ष यान होइन। अक्षरहरूले लेखिएको एउटा पुस्तक मागेको हो,’ उनले भने, ‘कानुन मागेको हा। अधिकार मागेको हो। त्यो दिन सकिन्छ की सकिँदैन। त्यो दिन नसकिने कारण के छ? त्यसैले म मधेस प्रदेशको सभापतिजीको अभिव्यक्तिप्रति म समर्थन जनाउँदै भन्न चाहन्छु, उहाँले मधेस प्रदेशमा बोल्दा पनि भन्नुभयो।’
 

प्रकाशित: Dec 23, 2023| 16:21 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्