सोमबार, असार १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

National life

पक्राउ पर्नेमा धनकुटाको धनकुटा उपमहानगरपालिका–७ घर भई हाल भक्तपुर सूर्यबिनायक–१३  बालकोट बस्ने वर्ष २५ को प्रदिप बुढाथोकी रहेका छन्।

उनले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति सात लाख ५० हजार रुपैयाँ लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट १ लाख ८० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढाथोकीको खोजतलास गर्ने क्रममा काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो।

थप अनुसन्धान तथा कारकाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Dec 22, 2023| 19:00 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्