सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस वरिष्ठ नेताका बारेमा कसैले ‘टेन्सन’ लिनु पर्दैन : प्रदेश सभापति बानियाँ

कांग्रेस वरिष्ठ नेताका बारेमा कसैले ‘टेन्सन’ लिनु पर्दैन : प्रदेश सभापति बानियाँ

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले पार्टीको वरिष्ठ नेताका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा कांग्रेस वाग्मती प्रदेशको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

National life

वरिष्ठ नेताका विषयमा पार्टीले कुनै निर्णय नगरेको उनले स्पष्ट पारे। प्रदेश सम्मेलनमा वर्तमान मर्यादाक्रमानुसार नै आसनग्रहण गराइने उनले बताए।

पार्टी एकता हुँदा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेसको माइन्युटमार्फत नै शेरबहादुर देउवालाई वरिष्ठ नेता भनेको उनले उल्लेख गरे। त्यसपछि देउवा पार्टी सभापति हुँदा माइन्युट गरेरै रामचन्द्र पौडेललाई वरिष्ठ नेता तोकेको उनले सुनाए। त्यसबाहेक पार्टीको विधानानुसार कसैलाई पनि वरिष्ठ नेता नतोकिएको उनले स्पष्ट पारे।

'नेपाली कांग्रेसको मर्यादाक्रम पार्टीले तय गरेको, अहिलेसम्म निर्णय गरेको छैन। हामीले परम्परागत र अहिलेको प्रक्रियालाई हेर्ने हो भने विधान र प्रक्रियाबमोजिम अहिले बनाएको मर्यादाक्रमानुसार नै हुनेछ,' उनले भने, 'स्व. गिरिजाप्रसाद कोइरालाले पार्टी एकता हुँदा माइन्युटमा नै मेन्सन गरेर शेरबहादुर देउवा वरिष्ठ नेता भनेको अवस्था थियो। त्यसपछि अहिलेका वर्तमान सभापतिले वरिष्ठ नेता रामचन्द्र पौडेल, अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई भनेको हो। अहिले वरिष्ठको बारेमा कसैले पनि टेन्सन लिनु पर्दैन। कांग्रेसले जे गर्छ, विधि, विधानानुसार गर्छ। बागमती प्रदेशले विधि, पद्धतिअनुसार प्रदेश अधिवेशन अघि बढाउँछ।'

प्रकाशित: Dec 22, 2023| 17:36 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्