शुक्रबार, भदौ १९, २०८३

काठमाडौं महानगरका विद्यालयमा डीआई नराख्‍न निर्देशन 

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

काठमाडौं - काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई अबदेखि अनुशासन इन्चार्ज (डीआई) नराख्‍न निर्देशन जारी गरेको छ। 

महानगरले शुक्रबार एक पत्रमार्फत महानगरले विद्यार्थीको अनुशासनका लागि राखिएको डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो प्राप्त भएको बताउँदै डीआई नै नराख्न भनेको हो।

'काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) राख्ने व्यवस्था नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,' महानगरको पत्रमा भनिएको छ।

प्रकाशित: Dec 22, 2023| 17:32 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्