आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • शिक्षा/स्वास्थ्य
  • स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदीय जिम्मेवारी बहन गर्न असक्षम रहेको भन्दै उनलाई असोज ४ गते लिखित ११ बुँदे स्पष्टीकरण सोधेका थिए।

असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई ३ महिनाका लागि निलम्बन गरिएको थियो। सो विरुद्ध डा. बसौला १७ कात्तिकमा सर्वोच्च गएका थिए।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

प्रकाशित: Dec 22, 2023| 17:29 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्