सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • विद्यार्थीलाई 'क्रिसमस पोसाक' अनिवार्य नगर्न भन्दै विद्यालयमै पुगेर ध्यानाकर्षण 

विद्यार्थीलाई 'क्रिसमस पोसाक' अनिवार्य नगर्न भन्दै विद्यालयमै पुगेर ध्यानाकर्षण 

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- विद्यार्थीहरुलाई क्रिसमसको लुगा अनिवार्य नगर्न भन्दै हिन्दुवादीहरुले विद्यालयमा नै पुगेर ध्यानाकर्षण गराएका छन्। नेपाल तरुण दलका सचिवसमेत रहेका मिर्मिरे युवा क्लबका अध्यक्ष दिनेशविक्रम शाहको नेतृत्वको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ९ अन्तर्गतका विद्यालयमा पुगेर विद्यार्थीहरुलाई क्रिसमसको लुगा अनिवार्य नगर्न ध्यानाकर्षण गराइएको हो। 

National life

शाहले भने, 'विगत वर्षहरुमा क्रिसमस नजिकिएसँगै विद्यार्थीहरुलाई क्रिसमसको पोसाक लगाउन अनिवार्य गर्ने गरेकोमा त्यसो नगर्नका लागि विद्यालय प्रशासनलाई हामीले ध्यानाकर्षण गराएको छौं। अभिभावकहरुलाई अनावश्यक आर्थिक भार र विद्यार्थीहरुलाई मानसिकरुपमा नै प्रभावित गर्ने गतिविधिलाई रोक्‍नका लागि हामीले विद्यालय प्रशासनको ध्यानाकर्षण गराएका हौं।' 

यसअघि शाहले काठमाडौं महानगरपालिकालाई पनि विद्यालयमा क्रिसमसको पोसाक अनिवार्य गर्ने कार्यलाई रोक्‍नका लागि अनुरोध गरेका थिए। उनले थपे, 'यसअघि हामीले विद्यालयमा अनिवार्य क्रिसमस पोसाकको विषयलाई रोक्‍नका लागि महानगरलाई पनि अनुरोध गरेका थियौं। महानगरले पनि विद्यार्थीलाई विद्यालय पोसाकभन्दा अन्य पोसाक अनिवार्य नगर्नका लागि जारी गरेको परिपत्रको हामी स्वागत गर्दछौं। र, त्यही सूचना दिएर हामीले अन्य धर्मलाई जबरजस्ती प्रोत्साहन गर्ने काम बन्द गर्न आग्रह गरेका छौं।' 

ad836c64-f82b-4ece-abe0-bc45ecc0c476-1703244841.jpeg

काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले विभिन्‍न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्‍न लगाउने विद्यालयलाई कारबाही गरिने चेतावनीसहितको परिपत्र जारी गरेको थियो। महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका हुन्।

kumari

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्‍चिन धर्म नमान्‍ने देशद्रोही भएको र हत्कडी लगाउनुपर्ने अभिव्यक्ति दिएपछि हिन्दुवादी आक्रामक भएका छन्। बुधबार हिन्दुवादी समूहले संविधानको मर्मविपरीतको अभिव्यक्ति दिने मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै पशुपतीको गेटमा प्रदर्शनसमेत गरेका थिए। 

4886f65b-f12c-4179-95f0-f8650ee78bd0-1703244841.jpeg

09807604-cfb5-4d02-a505-ea36022bd1e1-1703244841.jpeg

प्रकाशित: Dec 22, 2023| 17:19 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्