आइतबार, असार १४, २०८३

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्रे गरिँदै

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ।  

National life

मुग्लिन-पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ दुई किलोमिटर दूरीमा कालोपत्र गरिएको छ। यसअघि कालोपत्र भइसकेको खण्डबाट सवारीसाधन चलाएर अर्कोतर्फ कालोपत्र गर्ने काम जारी छ।

पूर्वी खण्डमा हालसम्म १२ दशमलव पाँच किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ। बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको छ। अर्कोतर्फ १२ दशमलव पाँच किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गर्ने योजना छ।

यसअघि आँबुखैरेनी गाउँपालिका-१ सत्रसयबाट मार्किचोकसम्म तीन दशमलव पाँच र बन्दीपुर गाउँपालिका-१ नाहालदेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको इन्जिनियर पाण्डेले बताए। 

Shivam cement

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर दूरीको छ। 

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ। यो खण्डमा ६ सय ३१ घरटहरा हटाइनेछन्। त्यसवापत २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिने बताइएको छ। रासस

प्रकाशित: Dec 22, 2023| 20:02 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्