सोमबार, असार १५, २०८३

भरतपुरले स्थगित गर्‍यो भ्रमण वर्ष

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

चितवनको भरतपुर महानगरपालिकाले सन् २०२४ मा गर्ने भनेको भरतपुर भ्रमण वर्ष स्थगित भएको छ।

National life

महानगरपालिकाको आज शुक्रबार बसेको कार्यपालिका बैठकले तत्कालका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो।

तयारी नपुगेको र मुख्य सडकहरुको पूर्वाधार निर्माण नसकिएकोले हाललाई भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरिएको हो। भ्रमण वर्ष सन् २०२४ मै गर्ने तर कहिलेदेखि औपचारिक रुपमा सुरु गर्ने भन्नेबारेमा आगामी नगरपरिषद्ले निर्णय लिनेछ।

नारायणगढ-गोन्द्राङ सडक खण्ड विस्तारको काम नसकिएको र मुग्लिन-नारायणणढ सडक खण्ड पनि दिउँसो ४ घण्टा बन्द हुने भएकाले भ्रमण वर्ष हाललाई स्थगित गरिएको हो। महानगरपालिकाले पुस १४ गते अर्थात् जनवरी १ तारिखमा भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरेको थियो ।

नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने कार्यक्रम थियो।

Shivam cement

प्रकाशित: Dec 22, 2023| 11:50 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्