शनिबार, पुस ५, २०८२

हिरासतमै थुनुवाको मृत्यु, प्रहरीको गोलीबाट एक घाइते

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएको छ। हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका थुनुवाको बिहीबार राति मृत्यु भएको हो।

National life

सुगा निकासका दीपनारायण मण्डलको मृत्यु भएपछि परिवार तथा आफन्त आक्रोशित छन्। उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गोलीले शंकर मण्डल घाइते भएका छन्।

मण्डलको हातमा गोली लागेको छ। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। छिमेकीसँग झै-झगडा हुँदा दिपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

विपक्षीले इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई 'पैसा खुवाएर' निर्घात कुट्न लगाउँदा दीपनरायणको मृत्यु भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्। घटनास्थलमा अवस्था तनावग्रस्त छ।

प्रकाशित: Dec 22, 2023| 10:57 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्