शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • चाडपर्वका नाममा अभिभावकलाई दु:ख नदिन विद्यालयलाई महानगरको चेतावनी

चाडपर्वका नाममा अभिभावकलाई दु:ख नदिन विद्यालयलाई महानगरको चेतावनी

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयलाई कारबाही गरिने बताएको छ।

National life

विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्। परिपत्रविपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।

प्रकाशित: Dec 22, 2023| 10:51 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्