बुधबार, पुस २, २०८२

चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ। गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन्। कुल १५ जना मारिएको यो घटनामा अन्य २४ जना घाइते भएका छन्।

National life

समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार मानविकी संकाय (आर्टस् फ्याकल्टी)को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका थिए। गोली चलेपछि मानिसहरुको भागदौड मच्चिएको थियो। कतिपय छतबाट पनि हामफालेका थिए।

चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो। यो युरोपकै पुराना संस्थाहरुमध्ये एक हो। विश्वविद्यालय रहेको क्षेत्र विख्यात पर्यटकीय क्षेत्र पनि हो। यहाँ हरेक वर्ष नयाँ वर्ष मनाउन मानिसहरुको ठूलो भिड जम्मा हुन्छ।

चेक राष्ट्रपति पिटर पावेलले विश्वविद्यालय क्षेत्रमा गोली चलेको घटनाबाट आफू स्तब्ध भएको बताएका छन्। साथै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। यो घटना कुनै अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित नभएको चेक प्रहरीले जनाएको छ।

चेक रिपब्लिकमा बन्दुकधारीको आक्रमणबाट मानिस मारिनु सामान्यजस्तै भइसकेको छ। यद्यपि चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको बीबीसीले जनाएको छ। यसअघि सन् २०१५ मा एक रेष्टुरेन्टमा गोली चल्दा आठ जनाको ज्यान गएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 22, 2023| 07:44 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्