बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल र श्रीलंकाले सार्क र बिम्स्टेकलाई बलियो बनाउन संयुक्त पहल गर्ने 

नेपाल र श्रीलंकाले सार्क र बिम्स्टेकलाई बलियो बनाउन संयुक्त पहल गर्ने 

 |  बिहीबार, पुस ५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०

काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे छलफल भएको छ।

National life

काठमाडौंमा बिहीबा। दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको साउदले बताए। उनले दुई पक्षीय सम्बन्ध पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशनबारे छलफल भएको बताए।

साउदले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि बताए।

‘श्रीलंकाका विदेशमन्त्रीको नेपाल भ्रमणको आज दोस्रो दिन छ। यो हाम्रो ज्वइन्ट कमिसनको बैठक भएको हुनाले यसमा दुई पक्षीय सम्बन्ध पुनरावलोकन, व्यापार र लगानीबारे कुराकानी भयो’, साउदले भने, ‘कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेन जस्ता विषयहरूमा गम्भीर र सौहार्दपूर्ण छलफल भएको छ। विशेष गरेर सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रबीच सहमति बनाएर अघि बढ्ने कुरा भएको छ।’


संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि बताइएको छ।  दुवै देशको आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्नेबारे छलफल भएको साउदले बताए।

Laxmi sunrise bank
kumari

‘परम्परागत रुपमा श्रीलंका र नेपाल घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्रका रुपमा रही आएका छन्’, उनले भने, ‘हाम्रोबीच धेरै पक्षमा सहयोगको आदानप्रदान हुँदै आएको छ। नेपालले श्रीलंकासँगको सम्बन्धलाई ठूलो महत्व दिँदै आएको छ।’

पत्रकार सम्मेलनमा बोल्दै श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य गरेर जाने छलफल भएको बताए। उनले सार्क र बीमस्टेक लगायतका क्षेत्रिय कार्यक्रमहरुमा विशेष जोड दिइ अघि बढ्नेबारे पनि छलफल भएको बताए।

‘नेपाल र श्रीलंका धेरै नजिकका मित्र हुन्। लामो समयदेखिका साथी हुन्। हामीले धेरै कुराहरुमा एकआपपसमा समझदारी सहकार्य गर्दै आइरहेका छन्। अब झनै सम्बन्ध बिस्तारका लागि सहकार्य अघि बढाइरहेका छौँ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायत धेरै क्षेत्रमा हामीले सहकार्य गर्नेछौँ। सार्क र बिमस्टेक लगायत क्षेत्रीय कार्यक्रममा विशेष जोड दिँदै आइरहेका छौँ।’

उनले हामी नेपाल घुम्न आउन श्रीलंकाली नागरिकहरूसँग विशेष पहल र अपिल गर्ने पनि बताए। ‘आशा छ, नेपालले पनि श्रीलंका जान पनि पहल गर्नेछ’, उनले भने, ‘आजको छलफल धेरै राम्रो भयो। दुई देशबीचको सम्बन्ध बिस्तारबारे महत्वपूर्ण कुरा गरेका छौँ।’

पर्यटन प्रवर्द्धनका लागि नेपाल र श्रीलंकाबीच थप सहकार्य गर्न पनि छलफल भएको उनले बताए। दुई देशबीच सम्बन्ध बिस्तारबारे पनि छलफल भएको उनले जानकारी दिए।

प्रकाशित: Dec 21, 2023| 19:00 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्