शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • संस्कृतिमन्त्री किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

संस्कृतिमन्त्री किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

 |  बिहीबार, पुस ५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेको छ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले गैरजिम्मेवार मन्त्री बर्खास्त गर, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए।

हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका किरातीले क्रिश्चियन नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिएका थिए।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ। क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी हुन्, देशद्रोही हुन्। उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो,’ उनले भनेका थिए। मन्त्रीको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भइरहेको छ।

प्रकाशित: Dec 21, 2023| 15:41 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्