सोमबार, असार १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मन्त्री किराँतीलाई बर्खास्त गर्न कांग्रेस नेता भण्डारीको माग 

मन्त्री किराँतीलाई बर्खास्त गर्न कांग्रेस नेता भण्डारीको माग 

 |  बिहीबार, पुस ५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको अभिव्यक्ति अत्यन्त खेदजनक भएको बताएका छन्।

मन्त्री किराँतीको अभिव्यक्ति सामाजिक सदभाव भड्काउने खालको भएको र वैदिक सनातन हिन्दू धर्म सस्कृति माथि पुग्ने खालको भएको केन्द्रीय सदस्य भण्डारीले बताएका हुन्। यस किसिमिको खेदजनक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको छ। मन्त्री किराँतीले बुधबार बुधबार राजधानीमा आयोजित कार्यक्रममा क्रिश्चियन धर्म नमान्नेहरुलाई जेल हालिने विवादस्पद अभिव्यक्ति दिएका थिए। 

वैदिक सनातन हिन्दू धर्म सस्कृति नेपाल र नेपालीको पहिचान भएको हुँदा नेपाललाई तत्कालि वैदिक हिन्दू सनातन हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने समेत के.स.भण्डारीले बताएका छन्। वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाका लागि सरकार ,राजनीतिक दल र आम सर्वसाधारणले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको छ। 
 

प्रकाशित: Dec 21, 2023| 14:03 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्