काठमाडौं- नेपाल एयरलायन्सले पाँच वटा पुराना जहाज लिलामीमा राखेको छ। एयरलाइन्सले २ वटा एमए–६० र ३ वटा वाई–१२ ई जहाज बेच्न लागेको हो।
यी चिनियाँ जहाज ३ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्। जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको र जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने सूचनामा जनाइएको छ।
त्यसका लागि गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ। निवेदन दिने म्याद आगामी २१ माघसम्म छ।