शनिबार, पुस ५, २०८२

राहत बोकेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

 |  बिहीबार, पुस ५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

National life

भित्री सडक खण्डको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्याक्टर बुधबार राति १० बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको रूकुम पश्चिम प्रहरीले जनाएको छ।

आठबिसकोट नगरपालिका–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाही, सोही वडाको भईडाँडाका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट–८ सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्कीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा  अन्य ९ जना घाइते भएका छन्। घाइतेहरूमा आठबिसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट–१० का ३८ वर्षीय रमेश कार्की, आठबिसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, सोही ठाउँका ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगबिर सार्की, ३६ वर्षीय जयबहादुर सार्की, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। आठबिसकोट–१० तिरीकोटको भित्री सडक खण्ड अन्तर्गत नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुका लागि अस्थायी टहरा निर्माणका लागि जस्तापाता तथा राहत सामग्री ट्याक्टरमा लगिँदै थियो। घुम्तिमा मोड्ने क्रममा ट्याक्टर सडकबाट अन्दाजी ३० मिटर तलको मोडमा खसेको हो।

Laxmi sunrise bank
kumari

दुर्घटनालगत्तै फरार भएका चालक आठबिसकोट–९ जाल्देनका २१ वर्षीय गोपाल विकलाई राति दुई बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Dec 21, 2023| 08:16 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्