शनिबार, भदौ २०, २०८३

काठमाडौंको तापक्रम ४.८ मा झर्‍यो, जाडो अझै बढ्ने

 |  बिहीबार, पुस ५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०

काठमाडौंमा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ। यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना छ। देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ।

मध्य र पश्चिम तराईका एक–दुई स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ। घाम लागेसँगै त्यो बिस्तारै हट्दै जाने छ। काठमाडौंमा पनि हल्का हुस्सु लागेको छ।

प्रकाशित: Dec 21, 2023| 08:10 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्