शनिबार, भदौ २०, २०८३

लागूऔषधसहित एक जना पक्राउ

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

तनहुँ- इलाका प्रहरी कार्यालय आँबुखैरनीले १ सय ९५ थान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले डाइजेपाम, फेनेरागन र नुफिन गरी ६५ एम्पु लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  चितवन रत्ननगर नगरपालिका–३ निवासी ३६ वर्षीय कृष्णबहादुर लोप्चनलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
  
जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले लोप्चनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

सिन्धुलीबाट पोखरातर्फ गइरहेको बसमा सवार लोप्चनले लुकाइछिपाइ ल्याएको लागूऔषध बरामद भएको हो। प्रहरीले अभियुक्तलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखेको छ। निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ। 

प्रकाशित: Dec 20, 2023| 21:51 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्