शनिबार, भदौ २०, २०८३

युक्रेनमा चार नेपाली बन्दी (नामावलीसहित)

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- युक्रेनी जेलमा ४ नेपाली रहेको सरकारले पुष्टि गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो। 

बन्दी बनाइएकाहरुलाई शीघ्र रिहा गरी नेपाल फिर्ता पठाउन युक्रेन सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको परराष्ट्रले बताएको छ। मन्त्रालयका अनुसार निजहरुको रिहाइ र नेपाल फिर्तीका लागि अन्तर्राष्ट्रिय कमिटी अफ रेडक्रसलगायत अन्य माध्यमबाट पनि कूटनीतिक प्रयास भइरहेको जानकारी गराएको छ।   
   
मन्त्रालयले बर्दिया राजापुर–१ का विवेक खत्री, मण्डनदेउ–६, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, लेटाङ–२, मोरङका विकास राई र रून्तिगढी–८ रोल्पाका प्रतीक पुनलाई युक्रेनमा बन्दी बनाइएको बताउँदै उनीहरूको रिहाइका निम्ति भगिरथ प्रयास गरिरहेको जनाएको छ। 

प्रकाशित: Dec 20, 2023| 21:31 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्