बुधबार, वैशाख २, २०८३

घरायसी विवादपछि बाबुको मृत्यु हुँदा छोराहरु पक्राउ 

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- पाँचथरको कुम्मायक गाउँपालिका १ गैरीगाँउका ८३ वर्षीय चन्द्रमान तामाङको घरायसी विवादपछि मृत्यु हुँदा छोराहरु पक्राउ परेका छन्। 

National life

आपसी विवादका क्रममा ४५ वर्षीय छोरा घनेन्द्र तामाङले धकेल्दा पछारिएर तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बुधबार बिहान ८ बजे घनेन्द्रले आफ्ना बाबु चन्द्रमानलाई पैसा मागेको र नदिएपछि रिसले धकेलेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।

उनका अनुसार चन्द्रमानको मंङ्गलबार साँझ पनि छोराहरू घनेन्द्र र देवेन्द्रसँग विवाद भएको थियो। बेलुका पख बाबुसँग भएको पैसाका विषयमा घनेन्द्र र देवेन्द्रले पनि झगडा गरेको खुलेका छ।

घट्नाको जानकारी पाएपछि खटेको प्रहरी टोलीले मृतकका ४५ वर्षीय छोरा घनेन्द्र र ४० वर्षीय देवेन्द्रलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक कुँवरको भनाइ छ। मृतकलाई पोष्टमार्टका लागि पाँचथर अस्पताल लगिएको छ। 

kumari

प्रकाशित: Dec 20, 2023| 18:45 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्