मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जाडोमा स्वस्थ रहन डा. ओममूर्ति अनिलका १० टिप्स

 |  बिहीबार, पुस ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०

काठमाडौं- मौसम परिर्वतन भएसँगै हामीले स्वस्थ्य रहनका लागि विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ। जाडोमा विशेषगरी अपनाउनुपर्ने केही सावधानी यस्ता छन्।

triton college

- हिँडाइको गति कम गर्ने
चिसोमा मुटुमा जोखिम घटाउन हिँडाइ‌को स्पिड कम गरेर हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ।

- चिसो हावा र पानी परेको बेलामा बाहिर व्यायाम गर्न निस्किनु हुँदैन।

- पानी प्रशस्त पिउने
शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ।

- धेरै चिल्लो खानेकुरा नखाने
जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो तथा फ्राइ खानेकुरा हुने पार्टी-भोजमा सतर्क हुनुपर्छ।

Metro Mart
vianet

- व्यायाम गर्ने
शारीरिक व्यायाम सुरु गर्नुभन्दा अघि शरीरलाई सक्रिय बनाउने अनि व्यायाम सुरु गर्ने गर्नुपर्छ।

- चिसोमा हिँड्दा छाती दुख्नु
मुटु रोगको प्रमुख लक्षण 'एन्जिना' चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी हुन्छ।

- मदिरा र चुरोट सेवन नगर्ने
जाडो महिनामा मुटु‌मा हुने असरलाई मदिरा तशा धुम्रपानले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ।

- सुगर, प्रेसर कोलेस्ट्रोलको राम्रो नियन्त्रण
जाडो महिनामा प्रेसर, सुगर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरूरी छ।

- औषधिको नियमित प्रयोग
मुटु रोग, प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाई नियमित खानुपर्छ।

- व्यायामको बेलामा चिसोबाट सुरक्षा
यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको कान, हात छोपेर हिँड्नुपर्छ।

प्रकाशित: Dec 21, 2023| 05:21 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्