शुक्रबार, असोज ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका कृषि अनुसन्धान केन्द्रले अर्गानिक उत्पादनमा जोड दिने

कर्णालीका कृषि अनुसन्धान केन्द्रले अर्गानिक उत्पादनमा जोड दिने

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

सुर्खेत- कर्णालीका कृषि अनुसन्धान केन्द्रहरू अर्गानिक उत्पादनमा जोड दिन थालेका छन्। कर्णाली अर्गानिक प्रदेशको मोडल कार्यान्वयन प्रक्रिया सुरु गरेको छ। उक्त प्रक्रिया सुरु भएसँगै कर्णालीका सबै कृषि अनुसन्धान केन्द्रहरू अर्गानिक उत्पादनमा जोड् दिन थालेका हुन्। 

Kumaribank

पछिल्लो समय कृषि अनुसन्धान केन्द्रहरू कृषि तथा पशुपन्छि जन्य वस्तुको क्षेत्रबाट केही टाढा रहेर अनुसन्धान तथा उत्पादनलाई पूर्णरुपमा अर्गानिकमय बनाउनतर्फ ध्यान दिएका छन्। 

कृषि तथा पशुपंक्षि जन्य वस्तुको उन्नत जात अनुसन्धान, त्यसलाई आम कृषककामाझ सिफारीसदेखि उत्पादन कार्यमा भएका समस्या र आगामी योजना समेत कृषि अनुसन्धान केन्द्रले बनाउन थालेका छन्।  

कृषि अनुसन्धान निर्देशनालय, दशरथपुरका निर्देशक देवनिधि तिवारीले कर्णालीमा अर्गानिक उत्पादनका लागि विभिन्न गोष्ठि, छलफल र समिक्षा समेत गरिएको जानकारी दिए।

निर्देशक तिवारीका अनुसार कर्णालीका कृषि प्राविधिकहरूले अर्गानिक उत्पादनमा विद्यमान समस्या र समाधानको विकल्पका बारेमा समेत छलफल गरेका छन्।

Metro Mart

कृषि अनुसन्धान निर्देशनालय, दशरथपुर सुर्खेतको आयोजनामा प्रादेशिक कृषि प्राविधिक कार्यशाला गोष्ठि भएको छ।  उक्त गोष्ठिमा बिषादी रहित उत्पादन तथा अर्गानिक मोडल कार्यान्वयनबारे समिक्षा गरिएको छ।

छलफलपछि कर्णालीका कृषि विज्ञ तथा प्राविधिकहरुले अर्गानिक उत्पादन र बजारीकरणमा जोडदिने निश्कर्ष निस्केको निर्देशक तिवारीले बताए। यस्तै, निर्देशक तिवारीले कृषि तथा फलफुल बालीमा अनुसन्धान जारी रहेको भन्दै अब प्रांगारीक अनुसन्धानमा जोड दिने दाबी गरे। 

यता कृषि विकास निर्देशनालय सुर्खेतका बालि विकास अधिकृत यामबहादुर रानाले कर्णालीका सबै जिल्लामा कृषि तथा फलफुल उत्पादनमा नयाँ रोगकिराको प्रकोप बढेको भन्दै सुर्खेतमा धान, गोलभेडा र सुन्तलामा बढी समस्या देखिएको बताए। 

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीमा हाल अर्गानिक उत्पादनमा विभिन्न रोगकिराको प्रकोप र जोखिम बढ्दै गएको र यसको विकल्पमा प्रांगारीक मल, वीउ र औषधि उत्पादन तथा खेती प्रविधिको विस्तार गर्ने प्रयास भइरहेको जनाएको छ।   

कृषि मन्त्रालयका सचिव डा. नरहरीप्रसाद घिमिरेले कर्णालीलाई स्याउ, सुन्तला, अदुवा र तरकारी बालीबाटै आत्मनिर्भर बनाउन सकिने भन्दै यसमा प्रांगारीक खेती प्रविधि अपनाइने बताए।  उनले तरकारी खेतीप्रति कर्णालीका कृषकको आकर्षण बढेकोले प्रदेश सरकारले यसमा लगानी बढाउनुपर्ने बताए।

प्रकाशित: Dec 16, 2023| 20:25 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्