शुक्रबार, वैशाख २१, २०८१

एनसेलको सेयर खरिदबिक्रीबारे के भन्छ कर्मचारी युनियन ?

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

निजी क्षेत्रको सबैभन्दा ठूलो र पहिलो दूरसञ्चारप्रदायक संस्था एनसेलको ८० प्रतिशत शेयर सरकारलाई थाहै नदिई बिक्री गरेपछि सो प्रकरणको अहिले तीव्र आलोचना र विरोध भइरहेको छ।

triton college

आजियाटा कम्पनीले एनसेलमा रहेको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेलाई बेचेपछि नेपालमा यसबारे चर्को बहस, आलोचना र छलफलहरू भइरहेका हुन्। यसरी आलोचना हुनुको मुख्य कारण भने शेयर खरिदविक्रीको सूचना नेपालको नियामक निकाय (सरकार) दूरसञ्चार प्राधिकरणलाई नदिनु र दुई खर्ब भन्दा बढी मूल्याङ्कन रहेको एनसेलको ८० प्रतिशत शेयर ६ अर्ब रुपैयाँमा मात्रै खरिदबिक्री हुनु हो।

यही विषयमा रहेर नेपालका आमसञ्चार माध्यम र सर्वसाधारणको तहबाट समेत सो प्रकरणको विरोध हुँदै आएको हो। तर, एनसेलमै कार्यरत कर्मचारीहरूले भने यो खरिदबिक्री सामान्य प्रक्रिया मात्र भएको र मिडियाले नेपालको व्यावसायिक वातावरण नै खलबल्याउनेगरी समाचार सामग्री बनाएको भन्दै आपत्ति जनाएका छन्।

एनसेल कर्मचारी ट्रेड युनियनले हिजो शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिदबिक्री प्रक्रियासम्बन्धी विषयमा नेपालको व्यावसायिक वातावरणलाई नै हतोत्साही गर्ने कुन्ठित मनसायले ओतप्रोत भई केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल आजियाटा लिमिटेडमा क्रियाशील रहेको यस एनसेल कर्मचारी ट्रेड युनियन (एनईटीयू) को गम्भीर ध्यानाकर्षण भएको छ।’

यस्तै युनियनले यो शेयर खरिदबिक्री प्रक्रिया सामान्य भएको भन्दै विज्ञप्तिमा लेखेको छ, ‘कुनै पनि कम्पनीको शेयर खरिदबिक्री हुनु भनेको एक सामान्य प्रक्रिया हो। एनसेल एक बहुर्राष्ट्रिय कम्पनी भएको हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम कारोबार हुनु स्वाभाविक नै हो। नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र समेत भएको हुँदा नेपालमा स्थापित बहुर्राष्ट्रिय कम्पनीका हकमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधि विधान आकर्षित हुन्छन् र सो को पूर्ण रूपमा परिपालना हुनुपर्छ भन्नेमा यो ट्रेड युनियन स्पष्ट छ।’ तर एनईटीयूले कुनचाहिँ नियम एनसेलले पालना गरेको हो भन्ने विषयमा विज्ञप्तिमा खुलाएको छैन। अर्थात् अमुर्त कुरा गरेर मालिक रिझाउने भरपुर प्रयत्न गरेको स्पष्ट देखिन्छ।

corrent noodles
Metro Mart

शेयर खरिदबिक्रीबाट कम्पनीले प्रवाह गर्ने सेवामा कुनै कमी नआएको तथा आफूहरूलाई समेत कुनै फरक नपरेको भन्दै उनीहरूले भनेका छन्, ‘एनसेल एक नेपाली पब्लिक लिमिटेड कम्पनीका रूपमा यथावत छ। यो शेयर खरिदबिक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा सञ्चालनमा कुनै फरक पारेको छैन। कम्पनीले प्रवाह गर्ने अत्यावश्यक दूरसञ्चार सेवाहरु निरन्तर सञ्चालनमा रहेका छन् र हामी कर्तव्यनिष्ठ कर्मचारीका नाताले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गरिरहन प्रतिबद्ध छौं।’

उसले अगाडि भनेको छ, ‘कम्पनीमा स्पेक्ट्रलाइट यूके लिमिटेडमार्फत नेपाली मुलका लगानीकर्ता भित्रिएसँगै हामी नयाँ जोश र जाँगरका साथ अगाडि बढ्ने छौं र नयाँ लगानीकर्ता स्पेक्ट्रलाइट यूकेलाई स्वागत गर्न चाहन्छौँ।’ कर्मचारी युनियन त्यतिमा मात्र रोकिएको छैन। एनसेलले नेपाल सरकारको नियमबमोजिम सम्पूर्ण कर तिरेको दाबी गर्दै अत्यन्तै चोखो कम्पनीको रूपमा चित्रण गर्न समेत खोजेको छ। ‘विगतमा पनि यस कम्पनीको शेयर स्वामित्व परिवर्तन भएका छन् र नेपालको कानून बमोजिम तिर्नु बुझाउनु पर्ने कर तथा विभिन्न समयमा सम्मानित अदालतले तोकेबमोजिमका कर भुक्तानी गरेको कुरा छर्लङ्ग छ,’ उसले विज्ञप्तिमा भनेको छ।

यस्तै एनईटीयूले विज्ञप्तिमार्फत भनेको छ, ‘देशकै सामाजिक, आर्थिक तथा सञ्चारको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएको कम्पनीलाई कहिल्यै कर नतिर्ने जस्तो भाष्य सृजना हुनेगरी बदनाम गर्न खोजिनु खेदपूर्ण छ। देशको संविधानले सूचनाको हक सुरक्षित गरेकै छ। हरेक सरकारी कार्यालयमा एक सूचना अधिकारि तोकिएकै हुन्छन्। सूचना प्राप्तिको यति सरल विधि हुँदाहुँदै पनि सम्बन्धित निकायमा गएर नबुझी, सस्तो लोकप्रियताको लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत कम्पनीको छवि नै धुमिल्याउने गरि उछितो काड्नु निन्दनीय छ।’

 

प्रकाशित: Dec 10, 2023| 14:22 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्