मंगलबार, पुस १, २०८२

मधुमेह र आँखा संक्रमितका लागि लाभदायक गाजर

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वको सहजै आपूर्ति गर्नका लागि फलफूल तथा सागपातको सेवन गर्नुपर्छ। प्रत्येक मौसममा कुनै न कुनै फलफूल पाइनै रहेका हुन्छन्। जसले शरीरलाई निकै फाइदा पुगाइरहेका हुन्छन्।

National life

यस्तै फल मध्ये गाजर पनि एक हो। गाजर थुप्रै प्रकारका बिरामीले सेवन गर्नमिल्ने फल हो। अध्ययनका अनुसार डायबिटिज, मुटु रोगी र आँखामा समस्या भएकाहरूले यसको सेवन गर्न सक्छन्।

स्वास्थ्यकर्मीहरूले नियमित गाजरको सेवन गर्दा स्वास्थ्यमा थुप्रै सकारात्मक परिवर्तन हुने बताएका छन्। गाजरमा फाइबर, भिटामिन ए, भिटामिन सी र पोटासियम जस्ता थुप्रै महत्त्वपूर्ण पोषक तत्त्व पाइन्छन्। आँखालाई स्वास्थ्य तथा गम्भीर क्रोनिक बिरामीबाट बचाउनका लागि गाजर लाभदायक हुन्छ।

गाजरको रसले क्यारोटिनाइड पिगमेन्ट ल्यूटिन र जेकस्यान्थिन पनि पाइन्छ। जसले शरीरमा एन्टीअक्सिडेन्टका रूपमा काम गर्छ। एन्टीअक्सिडेन्टको सेवन थुप्रै गम्भीर रोगलाई कम गर्न सहयोग गर्छ।

दुई सय ग्राम गाजरको जुसले दैनिक भिटामिन ए को आवश्यकता पुरा गर्छ। आँखालाई स्वस्थ राख्नका लागि भिटामिन ए निकै आवश्यक मानिन्छ। 

Laxmi sunrise bank
kumari

गाजरको जसले मानिसको इम्युन सिस्टमलाई पनि बुस्ट गर्छ। यसमा पाइने भिटामिन ए र सी दुवैले एन्टीअक्सिडेन्टका रूपमा काम गर्छन्। जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन्। यसका साथै यसमा भिटामिन-बी ६ पनि पाइन्छ। यसले पनि शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।

गाजरको सेवनले रक्तकोशिकाको संख्यामा पनि वृद्धि हुन्छ। गाजरमा एन्टीइन्फ्लामेटरी गुण पनि पाइन्छ। जो मधुमेह रोगीका लागि लाभदायक हुन्छ।

गाजरमा हुने पोषक तत्त्वले स्वस्थ राख्नका लागि पनि विशेष भूमिका खेल्दछ। अध्ययनका अनुसार एक कप (२३६ ग्राम) गाजरको जुसले भिटामिन सीको दैनिक २० प्रतिशत आवश्यकतालाई पूर्ति गर्छ।  -अमर उजालाबाट

प्रकाशित: Dec 07, 2023| 05:02 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्