मंगलबार, पुस १, २०८२

भरतपुर अस्पतालमा आईसीयू शय्या थपियो 

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

चितवन- भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा शय्या थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो।

National life

अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए। उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ। एउटा शय्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ।

उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा १५ हजार रुपैयाँको हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको शय्या शुल्क दुई हजार मात्र पर्दछ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० शय्याको बाल सघन उपचार कक्ष र छ शय्याको पीआईसीयू सञ्चालनमा छन्।

अस्पतालमा ६ सय शय्या छन्। चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन्। यो सङ्घीय अस्पताल हो। यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए।

Laxmi sunrise bank
kumari

सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ।

प्रकाशित: Dec 02, 2023| 12:13 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्