शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

धनगढी- कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एकजना असई पक्राउ परेका छन्।

triton college

धनगढी उपमहानगरपालिका ३ घर भएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रमेश भण्डारीलाई अस्पतालको ल्यापटप चोरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दका अनुसार पक्राउ परेका भण्डारीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ। 

दार्चुलामा कार्यरत भण्डारीले ट्रेनिङको लागि पोखरा आएको बेला अस्पतालको ल्यापटप चोरेको आरोप छ। 

प्रकाशित: Nov 17, 2023| 08:10 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्