शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कीर्तिपुरमा उपचाररत आगलागीका २५ घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर 

कीर्तिपुरमा उपचाररत आगलागीका २५ घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर 

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए। 

triton college

उनका अनुसार घाइते आठजनाको शरीरमा ४० देखि ६५ प्रतिशतसम्म जलन भएको छ। अन्यको अवस्था भने सामान्य रहेको डा. नकर्मीले बताए। शरीरको २० प्रतिशत बढी भाग जल्नुलाई ‘मेजर बर्न’ भनिन्छ। 

यस्तो जलनले शरीरका अन्य अंगहरूलाई असर गर्ने र रोग प्रतिरोधी क्षमता कम हुँदै जान्छ। ४० प्रतिशत भाग जलेमा शरीरका अन्य अंगबाट छाला लिएर प्रत्यारोपण कठिन हुने विशेषज्ञहरू बताउँछन्। 

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए। तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत् काठमाडौं ल्याइएको थियो। 

प्रकाशित: Nov 16, 2023| 16:40 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्