मंगलबार, मंसिर २, २०८२

सुनसरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते 

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

इनरुवा- सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।  

National life

धरान उपमहानगरपालिका–६  मालपोत चोकमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए। दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन्। 

को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। 

त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको बुधबार निधन भएको छ। बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो। 

खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 16, 2023| 07:45 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्