मंगलबार, मंसिर २, २०८२

मधेशमा 'भरदुतीया' मनाइँदै

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

धनुषा- मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ। भाइटीका जस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ। यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ। यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ।

National life

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहित सनेस) लिएर पुग्ने चलन छ।

भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ।

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन्। पानी चुहाउँदै परिक्रमा गर्छन्, जसलाई न्यौत ९निमन्त्रण दिनु० भनिन्छ।

त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ।

Laxmi sunrise bank
kumari

आजकै दिनदेखि छठ पर्वको आरम्भ भएको मानिन्छ।

प्रकाशित: Nov 15, 2023| 15:55 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्