बिहीबार, वैशाख १०, २०८३

बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड रहेको छ। भाइटीकाको अवसरमा आज बिहानैदेखि सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो। 

National life

बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ। सो मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। 

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन्। 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ। 

प्रकाशित: Nov 15, 2023| 12:40 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्