आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

 |  बुधबार, कात्तिक २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

vianetvianet

काठमाडौं- ललितपुरको टाखेलमा मोटरसाइकल अनियन्त्रिय भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चापागाउँबाट टाखेल जाँदै गरेको बा.६० प ५१९५ नम्बरको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण कुमार चन्दले बताए। 

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझीको मृत्यु भएको छ। 

मंगलबार साँझ उनीहरू मोटरसाइकलमा गोदावरी नगरपालिका–१० स्थित टाखेलमा चोकमा पुगेका हुन्। उनीहरूको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ।

प्रकाशित: Nov 15, 2023| 12:25 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्