शनिबार, असोज ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेपालगन्जको बोरा गोदाममा आगलागी हुँदा ४० लाख बराबर क्षति 

नेपालगन्जको बोरा गोदाममा आगलागी हुँदा ४० लाख बराबर क्षति 

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

खजुरा- नेपालगञ्‍ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको छ।

Kumaribank

राति करिब १२ बजे लागेको आगो बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ। 

आगलागीबाट करिब ४० लाखबराबरको क्षति भएको टे«डिङका सञ्चालक सुरेशकुमार शाहले बताए। उनका अनुसार गोदामभित्र रहेको ५० हजार ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टा बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ। 

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी प्रवक्ता डाँगीले बताए।

प्रकाशित: Nov 15, 2023| 13:20 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्