शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिद्वारा शुभसाइतमा बहिनीहरू शारदा र चन्दाबाट तिहारको टीका ग्रहण 

राष्ट्रपतिद्वारा शुभसाइतमा बहिनीहरू शारदा र चन्दाबाट तिहारको टीका ग्रहण 

 |  बुधबार, कात्तिक २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन्। 

triton college

राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत  बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो । भाइटीकाको उत्तम साइत  बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ। 

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा, सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा-म्ह पूजा गरी तिहार मनाइएको छ। यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

प्रकाशित: Nov 15, 2023| 11:45 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्