आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्ने, पालको भरका बसेका पीडितलाई सकस 

भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्ने, पालको भरका बसेका पीडितलाई सकस 

 |  बुधबार, कात्तिक २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

vianetvianet

काठमाडौं- जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्नेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।

विभागले आज राति कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत आसपासको क्षेत्र र  लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ। उक्त क्षेत्रमा राति न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ।

भूकम्प प्रभावितहरु राहतमा पाएको पालमुनि बसिरहेका छन्। उनीहरुले चिसो बढेकाले थप बिरामीहरु बढ्नसक्ने भएकोले अस्थायी ठहरा निर्माण गरिदिन सरकारसँग माग गरेका छन्। 

प्रकाशित: Nov 15, 2023| 08:00 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्