बिहीबार, वैशाख १०, २०८३

आजको मौसम : हिमपात र आंशिक बदलीको सम्भावना

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं- देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। 

National life

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागले राति कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 
 

प्रकाशित: Nov 15, 2023| 07:38 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्