शुक्रबार, असार १२, २०८३

टी-२० विश्वकप एसिया छनोटका लागि टोली घोषणा

 |  शनिबार, कात्तिक ११, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ११, २०८०
National life
Shivam cement

टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन्। 

यस्तै क्यानले विनोद भण्डारीलाई पनि समावेश गरेको छ। एसिया क्षेत्र छनोट ३० अक्टोबरदेखि काठमाडौंमा सुरु हुँदैछ। 

टोलीमा कप्तान रोहित पौडेल, ओपनर तथा विकेट किपर आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतीश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्।

प्रकाशित: Oct 28, 2023| 08:45 शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्