आइतबार, वैशाख १३, २०८३

पिपिएल क्रिकेटको तालिका सार्वजनिक

 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

बैतडी- बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि  सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ।

National life

कूल १७ टिमको सहभागिता रहने प्रतियोगिता उद्घाटन खेलमा कात्तिक १२ गते  दशरथचन्द प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए। 

सोही दिन मेलौली नगरपालिका र टिम क्वालिटी कैलपालबीच पनि खेल हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख गरिएको छ। चारवटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह विजेता र समूह उपविजेता क्वालिफायर राउण्डमा प्रवेश गर्ने छन्। प्रतियोगिताका सबै खेल श्रीकृष्ण माविको खेलमैदानमा हुनेछन्। प्रथम हुने टिमले एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्न गर्नेछ।  

द्वितीय हुने टिमले ५५ हजार पाँच सय ५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ।  म्यान आफ द सीरिज अन्तर्गत २२ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान र बलरले जनही ११ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्न गर्नेछन्। 

पाटन क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।

kumari

प्रकाशित: Oct 27, 2023| 21:31 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्