मंगलबार, वैशाख ९, २०८२

महाकाली नदी किनारमा बिच भलिबल खेलाइँदै

नेपाली सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा २९ असोजदेखि बिच भलिबल खेलाइन लागेको हो।
 |  मंगलबार, असोज २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

vianetvianet

कञ्चनपुर– कञ्चनपुरको महाकाली नदी किनारामा १ लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिता हुने भएको छ।

triton college

नेपाली सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पहिलो पटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता २९ असोजदेखि आयोजना हुन लागेको हो।

आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा बिच भलिबल आयोजना गरिने जानकारी गराएको छ।

नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको बताएको छ।
प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं भलिबल संघका जिल्ला अध्यक्ष श्यामसिंह मौनीले खेलकुदको विकाससँगै यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा समेत आयोजनाले बल पुग्ने बताए।

‘शुक्लाफाँटाबाट झोलुंगे पुल हुँदै भाइरल रोडसम्म पर्यटक आवागमन बढ्ने अनुमान छ’, उनले भने, ‘त्यसका लागि सरकारी संयन्त्र र भलिबल संघबीच सहकार्य भएर प्रतियोगिता आयोजना हुँदै छ।’ खुलातर्फ प्रथम स्थान हासिल गर्ने टिमले १ लाख नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिनेछ।

National life insurance

त्यसैगरी द्वितीय हुने टिमले ५० हजार र तृतीय स्थान ओगट्ने टिमले  २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने संयोजक मौनीले जानकारी दिए। त्यसैगरी भेट्रान (४० वर्षभन्दा माथि) तर्फ पहिलो हुने टिमले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुने टिम १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन्।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएका छन् भने प्रतियोगिता सञ्चालनका लागि भीमदत्त , बेदकोट  र दोधारा चादँनी नगरपालिकाबाट पनि आवश्यक सहजीकरण भइरहेको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा सेनाको बाहिनी, गण र गुल्मका सैनिक अधिकृतका साथै भलिबल संघका पदाधिकारीको सहभागिता थियो।–रासस

प्रकाशित: Oct 10, 2023| 16:30 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्