आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एसियाडको पदक विजेता टोली स्वदेश फर्कियो

 |  मंगलबार, असोज २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा पदक विजेता नेपाली खेलाडी, प्रशिक्षक र अफिसियलको टोली मंगलबार स्वदेश फर्किएको छ। एसियाली खेलकुदमा नेपाललाई करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य पदक दिलाएका थिए।

triton college

सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पटक जितेको हो। त्यति बेला तेक्वान्दोकी सविता राजभण्डारी रजत पदक जितेकी थिइन्। सन् २००६ पछि नेपालले  पहिलो पटक १ भन्दा बढी पदक जितेको हो। सन् २००२ र २००६ मा नेपालले तेक्वान्दोमा समान ३ कास्य पदक जितेको थियो।

टोलीको सम्मानमा गर्ने भनिएको नगर परिक्रमाको कार्यक्रम भने स्थगित भएको छ। इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेका कारणले कार्यक्रम स्थगित गरिएको हो।

अहिलेसम्म नेपालले एसियाली खेलकुदमा ३ रजत र २३ कास्य पदक जितेको छ। यसपटकको एसियाली खेलकुदमा नेपालबाट २९ खेलका २ सय ५३ खेलाडीले भाग लिएका थिए।

प्रकाशित: Oct 10, 2023| 13:20 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्