बिहीबार, वैशाख १०, २०८३

सेती नदीमा नुहाउन गएका दुई बालकबालिका बेपत्ता

 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

धनगढी- डोटीको सेती नदीमा डुबेर दुई बालबालिका बेपत्ता भएका छन्। 

National life

दिपायलको सेती पुल नजिकै नुहाउने क्रममा दुई बालबालिका बेपत्ता भएको उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपक खड्काले बताए।

दिपायल–सिलगढी नगरपालिका–७ पिपल्लाकी ७ वर्षीया खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका छन्। बेपत्ता बालबालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

खोजी कार्यका लागि स्थानीय, व्यापारी , नेपाल प्रहरी , सशस्त्र प्रहरी खटेका छन्।

प्रकाशित: Oct 07, 2023| 14:08 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्