शनिबार, असोज ४, २०८२

परराष्ट्रमन्त्रीले गरे मारवाडी समाजको प्रशंसा 

 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले मारवाडी समुदायले समाजसेवामा अनुकरणीय काम गरेको भन्दै प्रशंसा गरेका छन्। मारवाडी सेवा समितिले शनिबार गौशालामा आयोजना गरेको ‘निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम’ मा उनले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गरेको भन्दै प्रशंसा गरेका हुन्। 

Kumaribank

समितिले पशुपति गौशाला धर्मशालामा आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले भने, ‘मारवाडी समुदायले देशको अर्थतन्त्रमा मात्रै नभएर समाज सेवामा पनि अत्यन्तै अनुकरणीय काम गर्दै आएको छ।’ मारवाडी समुदायले देशभर संगठित भएर गर्दै आएको समाज सेवाको चर्चा गर्दै उनले समाज सेवा मुखले गर्छु भने जस्तो सहज भने नभएको बताए। 

‘तपाईंहरुले देशव्यापी रुपमा संगठन बनाउनुभएको छ। त्यसले राम्रो सहयोग गरेको छ। केही न केही त्यसको सामाजिक पक्ष हुन्छ हुन्छ,’ मन्त्री साउदले भने, ‘अरुले गर्न नसक्ने काम तपाईहरुले गर्दै आउनुभएको छ। समाज सेवा मुखले गर्न सजिलो छ। तर, त्यसका लागि समय निकाल्नु, व्यवस्थापन गर्नु गाह्रो छ।’

मारवाडी सेवा समितिले २०५६ सालदेखि पशुपति गौशाला धर्मशालाद्वारा निशुल्क रुपमा कृत्रिम खुट्टा वितरण गर्दै आएको छ। शनिबार कार्यक्रममा आयोजना गरेर समितिले ७ जनालाई निशुल्क रुपमा खुट्टा वितरण गरेको छ। 

पशुपति गौशाला धर्मशालाका महासचिव महावीर घिराइयाले अहिलेसम्म झण्डै ६ हजार जनालाई निशुल्क खुट्टा वितरण गराइसकिएको जानकारी दिए। उनका अनुसार दिपकप्रसाद सुवेदी, शान्तकुमारी कार्की, विष्णुबहादुर भुजेल तुलसीप्रसाद श्रेष्ठ, लोकेन्द्रप्रसाद सापकोटा, शंकरबहादुर सोनार र पूर्णचन्द्र तोलांगीलाई निशुल्क खुट्टा वितरण गरिएको थियो।

Metro Mart

प्रकाशित: Oct 07, 2023| 14:40 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्