शुक्रबार, असार १२, २०८३

१९औं एसियाड

भारोत्तोलनमा विशाल सिंहको दुर्लभ कीर्तिमान

आज चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल समूहमा विशालले तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।
 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०
National life
Shivam cement

काठमाडौं– चीनको हाङझावमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन्। आज चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल समूहमा विशालले तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।

उनले हालसम्म कुनै पनि नेपाली खेलाडीले उठाएको ३०१ केजी वजन उठाएर अर्को दुर्लभ कीर्तिमान कायम गरेको भारोत्तोलन टिम व्यवस्थापकसमेत रहेका नेपाल भारोत्तोलन संघ अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए।

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे। विशालले स्न्याचमा दोस्रो लिफ्टमै १२७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए। भारोत्तोलनमा नेपालबाट नेपालबाट ५ खेलाडी सहभागी छन्।

प्रकाशित: Oct 05, 2023| 13:50 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्