बिहीबार, माघ २२, २०८२

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग नेपाल पराजित

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

चीनमा जारी १९औं एसियाडअन्तर्गत पुरुष क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ।

National life

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १७९ रनमा समेटियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए। कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए। कप्तान रोहित पौडेलले ३ रनमात्र जोड्न सके। सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए।

नेपालले २९ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। ७६-२ को अवस्थामा नेपालले एक रनको अन्तरमा दुई विकेट गुमाएको थियो। नेपालले खेलमा १४ छक्का र ११ चौका प्रहार गरेको थियो।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो। 

Laxmi sunrise bank

यो हारसँगै एसियाडमा नेपालको क्रिकेट यात्रा सकिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।
 

प्रकाशित: Oct 03, 2023| 10:09 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्