१९औं एसियाडअन्तर्गत पुरुष क्रिकेट क्वार्टरफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ। भारतले टस जितेर ब्याटिङ रोजेको खेलमा आक्रामक ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा १२.५ ओभरमा ११९ रन पुर्याएको छ ।
नेपालको तर्फबाट दीपेन्द्रसिंह ऐरीले ९.५ ओभरमा एक विकेट लिँदै गाइक्वाडलाई आउट गरेका थिए। यसैगरी सोमपाल कामीले तिलक वर्मालाई आउट गराए। १० बल खेलेका वर्मा मात्र २ रन बनाए पेभेलियन फर्किए।
भारतले आक्रामक ब्याटिङ गरेसँगै नेपाल दबाबमा देखिएको छ।