आइतबार, वैशाख १३, २०८३

१९‍औं एसियाड

क्रिकेटमा भारतसँग मैदान उत्रिँदै नेपाल

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा नेपालले आज भारतसँग खेल्दैछ। क्वाटरफाइनलमा नेपालको भिडन्त स्वर्णको प्रमुख दाबेदार भारतसँग हुने भएको हो।

National life

खेल नेपाली समयअनुसार बिहान ६:४५ मा सुरु हुनेछ। भारत सिधै क्वाटरफाइनलमा पुगेको हो भने नेपालले समूह ए मा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो। समूह चरणमा नेपालको प्रदर्शन उत्कृष्ट थियो। 

सोमबार भएको लक्की ड्र बाट नेपालले आफ्नो प्रतिद्वन्द्वी भारतलाई पाएको हो। नेपालको प्रतिद्वन्द्वी तय गर्ने क्रममा कप्तान रोहित पौडेलले चिट्ठा तान्दा भारत परेको हो। 
नेपालले क्वार्टरफाइनलम जित हात पारे पाकिस्तान/हङकङ वा श्रीलंका/अफगानिस्तानसँग सेमिफाइनलमा खेल्ने अवसर पाउनेछ। 

भारतीय टोलीविरुद्ध पछिल्लो तीन महिनामा नेपालको यो तेस्रो भेट हुनेछ। यसअघि इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँग नेपाली टोलीले प्रतिस्पर्धा गरेको थियो। त्यस्तै एसिया कपमा रोहित शर्माको कप्तानी रहेको भारतविरुद्धको एकदिवसीय खेलमा नेपालले राम्रो प्रदर्शन गरेको थियो।

नेपालको सम्भावित प्लेइङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा।

kumari

प्रकाशित: Oct 03, 2023| 05:01 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्