बिहीबार, माघ २२, २०८२

१५औं एसियाड 

कबड्डीमा नेपाललाई एउटा पदक पक्का

आज नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ पहिलो खेलमा हराएपछि नेपालको पदक पाउने सम्भावना बलियो बनेको हो।
 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

काठमाडौं– १९औं एसियाडको दसौं दिनसम्म नेपाल पदकविहीन रहेको छ। पदकको आश गरिएको जुडो, तेक्वान्दोलगायत खेलमा नेपाली खेलाडीले गतिलो खेलेनन्।
एसियाडमा ८९९ पदकको छिनोफानो भइसक्दा नेपालको खेल स्तर कमजोर देखिएको छ।

National life

चीनको हाङ्जावमा भइरहेको खेलको पछिल्लो पदक तालिका अनुसार आयोजक चीन एक्लैले २४३ पदक जितेको छ। चीनले १३३ स्वर्ण ७२ रजत र ३९ कास्य पदकसहित २४३ पदक जितेर पहिलो नम्बरमा छ।  यस्तै, दक्षिण कोरियाले ३० स्वर्ण, ३५ रजत र ६० वटा कास्यसहित १२५ पदक जितेर दोस्रो र जापान २९ स्वर्ण, ४१ रजत र ४२ वटा कास्य जितेर कुल ११२ पदकसहित तेस्रो स्थानमा रहेको छ।

नेपाल अहिलेसम्म शून्य रहे पनि कबड्डीमा भने पदक जित्ने सम्भावना बढेको  छ। आज नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ पहिलो खेलमा हराएपछि नेपालको पदक पाउने सम्भावना बलियो बनेको हो। महिला कबड्डी टिमले पहिलो पटक एसियाडमा सहभागिता जनाएको हो।

महिला कबड्डीमा ७ टोली सहभागी भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छन्। पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ। अर्को खेलमा इरानले बंगलादेशलाई हराए नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कास्य जित्ने पक्का छ।

नेपालले समूह ‘ए’को दोस्रो तथा अन्तिम खेल मंगलबार इरानसँग खेल्नेछ। समूह ‘बी’मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेई रहेका छन्। इरान र बंगलादेशबीचको खेल बुधबार हुनेछ।

Laxmi sunrise bank

प्रकाशित: Oct 02, 2023| 15:43 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्