आइतबार, कात्तिक १६, २०८२

एसियाडमा क्रिकेट

माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

चीनमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित निकालेको नेपालले आज माल्दिभ्समाथि १३८ रनको जित हात पारेको हो।

Kumaribank

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले लगातार दुई खेलमा अर्धशतक बनाए। मंगोलियाविरुद्ध पनि अर्धशतक बनाएका उनले २७ बलमा ३ चौका र ३ छक्काको सहायतामा ५२ रन बनाउएर रनआउट भए।

त्यस्तै, गुलसन झाले ३५ रन बनाउँदा आक्रामक ब्याटिङ गरेका कुशल मल्लले २० बलमा ४७ रन बनाउँदै अविजित रहे।

माल्दिभ्सका लागि नजवान इस्माइलले सर्वाधिक ३ विकेट लिँदा नसीर इस्माइल, मोहम्मद मिभुवन, थोलल रायले समान १ विकेट लिए।

Metro Mart

दोस्रो इनिङ्समा माल्दिभ्सका लागि घानी अब्दुलले सर्वाधिक ३६ रन बनाउँदा रसिद रसमले अविजित १२ र फरिद सिउसले १० रनको योगदान दिए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत जोड्न सकेनन्।

माल्दिभ्सको ब्याटिङ धराशायी बनाउन राष्ट्रिय टोलीमा पुनरागमन गरेका अभिनास बोहोराले ३.४ ओभर बलिङ गर्दै ११ रन दिएर ६ विकेट लिए। त्यस्तै सोमपाल कामी, गुलसन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले १-१ विकेट लिए।

समूह चरणमा दुवै जित निकालेसँग नेपाल क्‍वाटरफाइनलमा प्रवेश गरेको छ। क्‍वाटरफाइनलको ‘ड्र’ पछि नेपालले भारत, पाकिस्तान, श्रीलंका या बंगलादेशमध्ये कुनै एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

 

प्रकाशित: Oct 01, 2023| 10:39 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्