बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुबईमा बाइक राइडरको काम लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

दुबईमा बाइक राइडरको काम लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं- वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

National life

पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ काँडाघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रवक्ता रेग्मीका अनुसार उनले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि ३ लाख पाँच हजार रुपैयाँ लाग्ने बताएका थिए ।

साथै उनले दुबई पुगेपछि बाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक–पटक गरी जम्मा तीन लाख रकम लिई ठगी गरेको आरोपमा आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो।

थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

kumari

प्रकाशित: Sep 29, 2023| 18:20 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्